Section 5
विदेशमा गरेको कार्य कसूर हुने
दफा ३ वा ४ मा उल्लिखित कुनै कार्य विदेशी मुलुक वा भूभागमा भएको र त्यस्तो कार्य सो मुलुकको कानून बमोजिम पनि कसूर हुने रहेछ भने त्यस्तो कार्य नेपालमा भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सरह हुनेछ ।